सागर थापालाई एमालेले विराटनगरको मेयरको उम्मेदवार बनाउने

२०७९ बैशाख १२ सोमबार ०८:१०:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार सागर थापालाई बनाउने निर्णय गरेको छ । एमाले विराटनगर महानगरका अध्यक्षसमेत रहेका थापालाई मेयरमा उठाउने निर्णय भएको एमाले नेता हिक्मत कार्कीले जानकारी दिए ।

यस्तै उपप्रमुखमा भने शिल्पा निरौला कार्कीलाई उम्मेदवार बनाउने निर्णय एमालले गरेको छ । उनी एमाले नगर समितिका उपाध्यक्ष हुन् ।विराटनगरको मेयरमा लालबाबु पण्डित, गुरु बराल, जीवन घिमिरे, पर्शुराम बस्नेत, बाबुराम कार्की, रामलाल साहलगायत आकांक्षी थिए । 


 

ताजा खबर