रूस र युक्रेनसँग वार्ता गर्नुअघि संयुक्त राष्ट्रसंघका महासचिव टर्की जाने

२०७९ बैशाख ११ आइतबार २१:५६:०० मा प्रकाशित

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले रूस र युक्रेनबीचको द्वन्द्व समाधानको प्रयासस्वरुप मस्को र कीभमा वार्ता गर्नुअघि सोमबार टर्कीको भ्रमण गर्ने तय भएको छ । महासचिवले राजधानी अङ्कारामा टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानसँग भेटवार्ता गर्ने टर्कीको विदेश मन्त्रालयले आइतबार उल्लेख छ ।

गुटेर्रेसले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग क्रमशः अप्रिल २६ र २८ मा भेटवार्ता गर्ने संयुक्त राष्ट्र संघका प्रवक्ताले जानकारी दिए । गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले भने, ‘गुटेरेस अप्रिल २६ मा मस्को जानुहुनेछ र रूसी विदेश मन्त्री सर्गेई लाभरोभसँग र यसको दुई दिनपछि युक्रेनी विदेश मन्त्री दिमित्रो कुलेबासँग भेटवार्ता गर्नुहुनेछ ।’

उनले युक्रेनी जनतालाई मानवीय सहयोगको लेखाजोखाबारे छलफल गर्ने पनि डुजारिकले बताए । अङ्काराको दुवै देशसँग घनिष्ठ सम्बन्ध भएकाले रुस र युक्रेनबीचको द्वन्द्व अन्त्य गर्न टर्कीले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ । मार्च महिनामा टर्कीले युक्रेन र रूसका विदेश मन्त्रीहरूको छलफल आयोजना गरेको थियो । साथै दुई देशका वार्ता टोलीहरूबीच पनि त्यहीँ बैठक भएको थियो ।

ताजा खबर