धादिङमा बसको ठक्करबाट कारमा सवार पाँच जनाको मृत्यु

२०७९ बैशाख ११ आइतबार २०:०१:०० मा प्रकाशित

धादिङ । पृथ्वी राजमार्गअन्तगत धादिङको थाक्रेमा बस र कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट धादिङतर्फ आइरहेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौंतर्फ गइरहेको कारलाई ठक्कर  दिँदा पाँच जनाको मृत्यु भएको हो ।

दुर्घटनामा कारमा सवार ५ जनाको नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवम् एवक्ता जागेश्वर भण्डारीले जानकारी दिएका छन् । दुर्घटनामा कार चालक तनहुँको खैरेनीका अन्दाजी ३६ वर्षीय दिलबहादुर बस्नेत, भारत उत्तरप्रदेशका ४० वर्षीय बिमलचन्द्र अग्रवाल, ३५ वर्षीय साधना अग्रवाल, ४० वर्षीया सन्ध्या अग्रवाल, ५५ वर्षीय राकेश अग्रवालको मृत्यु भएको छ ।

बसमा सवार धादिङ नीलकण्ठ नगरपालिका ११ का २४ वर्षीय राम परियार घाइते भएका छन् । घाइतेको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ ।

ताजा खबर