काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरु

२०७९ बैशाख ११ आइतबार १३:३६:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी पुनः वितरण सुरु गरिएको छ । आइतबार काठमाडौंमा खानेपानी मन्त्री उमाकान्त चौधरीले एक कार्यक्रमका बीच मेलम्ची खानेपानीको पुनः वितरण सुरु गरेका हुन् ।

मेलम्ची खानेपानी २०७७ साल चैत्र दोस्रो हप्तादेखि काठमाडौं उपत्यकामा वितरण सुरु भएको भएपनि २०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढी पहिरोले खानेपानी आयोजनाको संरचनामा क्षति पुगेपछि खानेपानी वितरण बन्द भएको थियो । मेलम्ची खानेपानीको पुनः वितरण सुरु भएसँगै अब प्रतिदिन १७ करोड लिटर खानेपानी उपत्यकामा वितरण गरिने खानेपानी मन्त्रालयले जनाएको छ ।

खानेपानी पुनः वितरण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री चौधरीले मेलम्ची खानेपानी आयोजनाको दिर्घकालिन सञ्चालनको लागि एसियाली विकास बैंकले मेलम्चीमा आएको बाढी पहिरोको क्षतिको विवरण र त्यसको कारण र स्थायी समस्या समाधानका उपायका लागि अध्ययन गरेकाले प्रतिवेदन तयार भएपछि आवश्यक कार्ययोजना बनाई कार्यान्वयन गरिने बताए । उनले वर्षा याममा मेलम्ची नदीमा बाढी आएमा पूर्व सुचना दिनका लागि अर्ली एलर्ट मेसिन जडान गरिएको बताए ।


 

ताजा खबर