अमेरिकी सांसदीय टोलीद्वारा प्रधानमन्त्री देउवासँग भेट

२०७९ बैशाख १० शनिबार १२:३७:०० मा प्रकाशित

काठमाडौँ । नेपाल भ्रमणमा रहेको अमेरिकी सांसदको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सदस्यीय टोलीले प्रधानमन्त्रीसँग भेट गरेको हो ।

भेटमा नेपाल–अमेरिका मित्रता र सरकार, संसद् र जनता आवद्ध बहुआयामिक साझेदारीका उपायबारे विचार आदान प्रदान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस्तै उनीहरुबीच जलवायु परिवर्तन लगायत विश्वव्यापी मुद्दामाथि पनि छलफल भएको बताइएको छ । युक्रेनमाथि रुसी हमालाविरुद्धको एकमत बनाउन, हिमालय क्षेत्रमा जलवायु परिवर्तनबारे छलफल गर्न र द्विपक्षीय सम्बन्धलाई मुख्य एजेन्डा बनाएर अमेरिकी सिनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वको टोली शुक्रबार नेपाल आएको हो ।

टोलीका अन्य सदस्यमा सेनेटरहरु शेल्डन ह्वाइटहाउस, कोरी बुकर र मार्क केली छन् । यस्तै, प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स पनि टोलीमा रहेका छन् ।

ताजा खबर