जी-२० सम्मेलनमा पुटिनको सहभागिता अझै अनिर्णित

२०७९ बैशाख १० शनिबार ११:०९:०० मा प्रकाशित

विकसित राष्ट्रहरुको समूह जी २० को सम्मेलनमा सहभागिताका बारेमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन अझै पनि अनिर्णित भएका छन् । उनका प्रवक्ताले दिएको जानकारीअनुसार पुटिनले यस बारेमा अहिलेसम्म निर्णय नगरेपनि चाडै निर्णय आउने अपेक्षा गरिएको छ ।

विदेशी राष्ट्र प्रमुखहरुलाई निमन्त्रणा गर्ने जिम्मेवारी पाएका इन्डोनेशियाका अर्थमन्त्री मुल्यानी इन्द्रावतीले रूसी राष्ट्रपति पुटिनसहितका सबै २० देशका राष्ट्र प्रमुखहरुलाई निमन्त्रणा पठाइसकेका छन् । विश्व चर्चित र चासोका साथ हेरिने जी–२० सम्मेलन आगामी नोभेम्बरमा इन्डोनेसियाको बालीमा आयोजना गर्ने तय भइसकेको छ ।


 

ताजा खबर