अमेरिकी संसदीय टोली काठमाडौंमा

२०७९ बैशाख ९ शुक्रबार २०:११:०० मा प्रकाशित

काठमाडौं । अमेरिकी उच्चस्तरीय संसदीय टोली नेपाल आइपुगेको छ । सिनेटर किस्र्टन जिलीब्रान्डको नेतृत्वमा शुक्रबार अमेरिकी उच्चस्तरीय संसदीय टोली नेपाल भ्रमणको लागि काठमाडौं आइपुगेको अमेरिकी दूतावासले जनाएको छ ।

टोलीमा सिनेटरहरू शेल्डन व्हाइटहाउस, कोरी बुकर, मार्क केली र प्रतिनिधी सभा सदस्य मोन्डेयर जोन्स पनि सामेल छन् । नेपाल–अमेरिका सम्बन्धको ७५ औं वर्ष मनाउने पूर्वसन्ध्यामा यो उच्चस्तरीय भ्रमण भएको हो । यु

क्रेनमाथि रुसी हमालाविरुद्धको एकमत बनाउन, हिमालय क्षेत्रमा जलवायु परिवर्तनबारे छलफल गर्न र द्विपक्षीय सम्बन्धलाई मुख्य एजेन्डा बनाएर अमेरिकी ५ सदस्यीय सांसदको टोली काठमाडौं आएको हो । टोली तीन दिन नेपालमा रहने छ ।

ताजा खबर