चीनमा एकैदिन दुई हजार भन्दा बढीलाई कोरोना सङ्क्रमण

२०७९ बैशाख ९ शुक्रबार १३:२३:०० मा प्रकाशित

चीनमा एकैदिन २ हजार ११९ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये एक हजार ,९३१ जना सांघाईका वासिन्दा रहेका राष्ट्रिय स्वास्थ्य आयोगको शुक्रबार जनाएको छ ।

जसमध्ये उत्तरपूर्वी प्रान्त जिलिनमा ६८ र बेइजिङमा एक जना भएको बताइएको छ । बिहीबार २ हजार ७३० जना कोरोना सङ्क्रमित निको भएका छन् ।

यसैबीच देशभरका अस्पतालमा ३० हजार ८१३ जना उपचार गराइरहेका बताइएको छ । कोरोना सङ्क्रमणको कारण बिहीबार एघार जनाको मृत्यु भएको थियो । चीनमा सन् २०१९ को अक्टोबरबाट हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना सङ्क्रमणका कारण चार हजार ६७४ जनाको मृत्यु भइसकेको जनाइएको छ ।

ताजा खबर