डब्लूएचओका महानिर्देशक टेड्रोसद्वारा राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट

२०७९ बैशाख ९ शुक्रबार १२:१४:०० मा प्रकाशित

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले शुक्रवार राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गरेका छन् ।

नेपालको तीनदिने भ्रमणका क्रममा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेट गरेका हुन् ।

\स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा बिहीवार दिउँसो काठमाडौँ आइपुगेका टेड्रोसले बिहीवार नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्वास्थ्यमन्त्री खतिवडासँग भेटवार्ता गरेका थिए । भेटका क्रममा उनीहरुले कोरोना महामारीको कठिन समयमा संसारभरका मानिसको जीवन बचाउन डब्लूएचओले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

 

ताजा खबर