अफगानिस्तानमा वम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो

२०७९ बैशाख ८ बिहीबार २२:१७:०० मा प्रकाशित

उत्तरी अफगानिस्तानको मजार–आई–सरिफमा बिहीबार एक शिया मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ भने ८०भन्दा बढी घाइते भएका छन् । उक्त आक्रमण इस्लामिक स्टेट समूहले आफ्ना लडाकूले गरेको दावी गरेको छ ।

यस पहिले प्राप्त सूचनामा उक्त समूहले आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको बताएको थियो भने अफगानिस्तानका सुरक्षा अधिकारीहरूले घटनामा पाँचको मृत्यु भएको र अन्य दर्जनौँ घाइते भएको बताएका थिए ।

ताजा खबर