एमालेले तीन महानगरका उम्मेदवार टुंग्यायो

२०७९ बैशाख ८ बिहीबार १८:१७:०० मा प्रकाशित

काठमाडौं। नेकपा एमालेले शनिबारसम्म महानगर र उपमहानगरको मेयरका उम्मेदवार टुंगो लगाउने भएको छ । एमाले प्रचार विभाग प्रमुख पृथ्बीसुब्बा गुरुङले शनिबार बस्ने बैठकले महानगर र उपमहानगरको मेयरका उम्मेदवार टुंगो लगाउने जानकारी दिए बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकमा जिल्लाबाट प्राप्त सूचीको अध्ययन गरिएको थियो ।

अहिलेसम्म भरतपुर महानगरमा विजय सुवेदी, वीरगञ्ज महानगरमा विजय सरावगी र ललितपुर महानगरपालिकामा हरिकृष्ण व्यञ्जनकारको नाम टुंगो लगाएको एमालेले जनाएको छ । पोखराबाट मात्रै मेयरका लागि १२ जनाको नाम प्राप्त भएको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए । एमालेले शुक्रबार पार्टी स्थापना दिवसको अवसर पारेर घोषणा पत्र जारी गर्दैछ ।


 

ताजा खबर