भरतपुरको मेयरमा उठ्न एमलेका वाग्मती प्रदेशसभा सदस्य विजय सुवेदीले दिए राजीनामा

२०७९ बैशाख ८ बिहीबार १७:०९:०० मा प्रकाशित

हेटौंडा । नेकपा एमालेका वाग्मती प्रदेश सदस्य विजय सुवेदीले पदबाट राजीनामा दिएका छन् । चितवनको भरतपुर महानगर प्रमुख पदमा उम्मेदवारी दिन उनले राजीनामा दिएका हुन् ।

सुवेदीले बिहीबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष पदबाट राजीनामा दिएका हुन् । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा उठ्न लागेकोले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको सुवेदीले बताए ।

चितवनको क्षेत्र नम्बर २ को ’ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित सुवेदी ४ वर्ष ३ महिना एक दिन वाग्मती प्रदेशसभा सदस्यको रुपमा रहेका थिए । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने नियम बनाएको छ ।

ताजा खबर