सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने

२०७९ बैशाख ८ बिहीबार १५:५५:०० मा प्रकाशित

काठमाडौं । सत्तारुढ गठबन्धनले सातवटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ । स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समितिको बिहीबार बसेको बैठकले यही वैशाख १८ देखि २२ वैशाखसम्म चुनावी सभा गर्ने निर्णय गरेको हो ।

चुनावी सभा सुदूरपश्चिमको धनगढी र कर्णलीको सुर्खेतमा १८ गते, लुम्बिनीको बुटवल र गण्डकीको पोखरामा १९ गते जनकपुर र विराटनगरमा २० गते गरिने समितिका सदस्य सचिव अधिवक्ता केशवराज जोशीले बताए ।

त्यस्तै वाग्मती प्रदेशको सभा भने संघीय राजधानी काठमाडौंमा २२ गते गरिने जनाइएको छ । चुनावी सभालाई गठबन्धन दलका शीर्ष नेताहरू ५ जना र निर्वाचन तयारी तथा अनुगमन समिति संयोजक रामचन्द्र पौडेलले सम्बोधन गर्ने जोशीले जानकारी दिए।

 

ताजा खबर