गठबन्धनभित्रको प्रतिस्पर्धालाई प्राथमिकता दिन्छौंः प्रचण्ड

२०७९ बैशाख ८ बिहीबार १०:२०:०० मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समस्या परेका पालिकामा सत्ता गठबन्धनभित्रै मित्रतापूर्ण प्रतिस्पर्धा गर्न सकिने बताएका छन् ।

बिहीबार धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सबै पालिकामा तालमेल गर्ने प्रयासमा रहेको बताएका हुन् । उनले कुनै पालिकामा गठबन्धनभित्र समस्या परेमा स्वास्थ्य र मित्रतापूर्ण प्रतिस्पर्धा हुने बताए ।

उनले भने, ‘समस्या परेमा त्यस्तो ठाउँमा गठबधनभित्रै पनि प्रतिस्पर्धा हुन सक्छ भनेका छौं । तर, त्यस्तो भन्नुको तात्पर्य गठबन्धनभित्रको प्रतिस्पर्धामा प्राथमिकता दिने भनिएको होइन । प्राथमिताकता तालमेलमा हो । तर, समस्या कहिँकतै पर्यो भने समस्या परेको ठाउँमा मित्रतापूर्ण ढंगले प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने कुरा नै हो।’ उनले महानगर र उपमहागरपालिकामा गरिएको तालमेलका आधारमा नै अन्य पालिकामा तालमेल हुने बताए ।
 

ताजा खबर