सत्ता गठबन्धनबीच महानगर र उपमहानगरमा सहमति(सूचीसहित)

२०७९ बैशाख ७ बुधबार १७:०४:०० मा प्रकाशित

काठमाडौं । सत्तारुढ पाँच दलले महानगरपालिका र उपमहानगरपालिकाको नेतृत्वको विषयलाई टुंगो लगाएका छन् । बुधबार बसेको गठबन्धनका शीर्ष नेताको बैठकले ६ महानगरपालिका र ११ उपमहानगरको भागबन्डा टुंगो लगाएको संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

नेपाली कांग्रेसलाई तीन महानगरमा मेयर, तीन महानगरमा उपमेयर तथा सात उपमहानगरमा मेयर र तीन उपमहानगरमा उपमेयर भागमा परेको छ । माओवादी केन्द्रलाई एक महानगरमा मेयर, एक महानगरमा उपमेयर तथा दुई उपमहानगरमा मेयर र दुई उपमहानगरमा उपमेयर भागमा परेको छ ।

नेकपा एकीकृत समाजवादी एक महानगरमा मेयर, एक महानगरमा उपमेयर तथा एक उपमहानगरमा मेयर र तीन उपमहानगरमा उपमेयर भागमा परेको छ । जनता समाजवादी पार्टी (जसपा) लाई एक महानगरमा मेयर, एक महानगरमा उपमेयर तथा एक उपमहानगरमा मेयर र दुई उपमहानगरमा उपमेयर भागमा परेको छ।

ताजा खबर