यस्तो छ नेकपा (एकीकृत समाजवादी)को घोषणापत्र

२०७९ बैशाख ६ मंगलबार १५:१३:०० मा प्रकाशित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आगामी स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा आयोजित समारोहमा अध्यक्ष माधव नेपालले पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणा पत्रमा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपर्नाको कारणलाई विशेष जोड दिइएको छ ।

घोषणापत्रमा ’हाम्रो विद्रोह, पार्टी पुनर्गठन र स्थानीय सरकारसम्बन्धी दृष्टिकोण’ बुँदामा एमालेसँग विद्रोह गर्नुको कारण उल्लेख गरिएको छ। ’त्याग र बलिदानको जगमा निर्माण भएको पार्टीबाट विद्रोह गर्नु हाम्रो रहर थिएन, बाध्यता थियो। कम्युनिस्ट विचार, सिद्धान्त, आचरण र कार्यशैलीबाट च्युत भएको नेतृत्वलाई सुधार्न नसकिने अवस्थामा विद्रोह नगरेको भए कम्युनिस्ट आन्दोलन जोगाउन सकिने थिएन भन्ने हाम्रो निष्कर्ष छ’, भनिएको छ।

घोषणापत्रमा विगत (एमाले)मा छँदा ’स्थानीय विकासबारे विगतका हाम्रा प्रयासहरू’ शीर्षक दिएर विगतका कामहरुको स्मरण गराइएको छ।

ताजा खबर