सुर्खेत उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कँडेल निर्वाचित

२०७९ बैशाख ६ मंगलबार १२:१२:०० मा प्रकाशित

कर्णाली । सुर्खेत उद्योग वाणिज्य सङ्घको अध्यक्षमा लक्ष्मण कँडेल निर्वाचित भएका छन् । सोमबार राति सम्पन्न मतगणनामा अध्यक्ष पदमा प्रतिद्वन्द्वी हर्षविक्रम खड्कालाई ४८ मतान्तरले पराजित गर्दै कँडेल निर्वाचित भएका हुन् ।

कूल खसेको एक हजार ८२४ मतमध्ये कँडेलले ९११ र खड्काले ८६३ मत प्राप्त गरे । सङ्घमा कँडेल निवर्तमान महासचिव र खड्का वरिष्ठ उपाध्यक्ष थिए । निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा गणेशकुमार बस्नेत, वाणिज्य उपाध्यक्षमा पे्रमबहादुर रावत, उद्योग उपाध्यक्षमा सिंहराज बम, महिला उपाध्यक्षमा तारा रावत विजयी भएका छन् ।

त्यस्तै महासचिवमा भद्र भण्डारी, उपमहासचिवमा कृष्णप्रसाद सुवेदी, कोषाध्यक्षमा रामप्रसाद पाण्डे र सहकोषाध्यक्षमा सूर्यबहादुर खत्री विजयी भए ।

सदस्यमा कृति शाक्य, लक्ष्मीकुमारी शर्मा, अजय गुरुङ, अर्जुनजङ्ग शाही, गणेश खड्का, दीपक खड्का, पहलसिंह बस्याल, बिन्द्रप्रसाद जैसी, बुद्ध तामाङ, भुवन ज्ञवाली, रमेश बराल, लक्ष्मण खत्री, सागर भुसाल, जनक थापा र सन्तोषकुमार बराइली निर्वाचित भएका छन् । सङ्घमा नयाँ नेतृत्वका लागि आइतबार मतदान भएको थियो ।


 

ताजा खबर