चुनाव रोक्ने कोसिस नगर्न गठबन्धनलाई ओलीको आग्रह

२०७९ बैशाख ५ सोमबार १६:३०:०० मा प्रकाशित

सोलुखुम्बु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई चुनाव सार्ने षड्यन्त्रमा नलाग्न चेतावनी दिएका छन् । सोमबार सोलुखुम्बुमा चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनाई चुनाव सार्ने षड्यन्त्र नगर्न चेतावनी दिएका हुन् ।

उनले चुनाव सार्ने षड्यन्त्र नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई यसअघि पनि भनेको र अहिले पनि त्यस्तो षड्यन्त्रमा नलाग्न आग्रह गरे ।

उनले भने, ‘तपाइँलाई मैले यसअघि पनि भनिसकेको छु र आज पनि भन्छु, चुनाव सार्ने चेष्टा नगर्नुहोस् । मैले प्रधानमन्त्रीलाई पनि खबर पठाएको छु । चुनाव रोक्ने कोसिस नगर्नुस्।’

अध्यक्ष ओलीले एमालेसँग डराएर सत्तागठबन्धन चुनावबाट भाग्न खोजेको आरोप लगाउँदै सबै दलसँग एमाले एक्लै भिड्न तयार रहेको बताए । अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनबाट देश जोगाउन आफू लागिरहेको बताए ।

ताजा खबर