१० जनामा कोभिड संक्रमण

२०७९ बैशाख ५ सोमबार १५:५०:०० मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १० जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६९१ वटा नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अवधिमा ३४ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३५० रहेको मन्त्रालयले जनाएको छ ।

ताजा खबर