शेयर बजार लगातार ओरालो

२०७९ बैशाख ५ सोमबार १५:००:०० मा प्रकाशित

काठमाडौं । सोमबार पनि शेयर बजार राताम्मे भएको छ । आइतबार २९ दशमलव ६ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से सोमबार ४१ दशमलव ७७ अङ्कले घटेर २३ सय ४३ दशमलव ८७ विन्दुमा झरेको छ ।

सोमबार सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, जलविद्युत्, फाइनान्स, अन्य, विकास बैंक र होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय २९ कम्पनीका ३८ लाख ७६ हजार कित्ता शेयर एक अर्ब ५३ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको चार करोड ९६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

सबैभन्दा धेरै एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनीको शेयर आठ प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि नेष्डो समृद्ध लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

ताजा खबर