असार मसान्तसम्म सरकारी सुविधाको इन्धनमा २० प्रतिशत कटौती

२०७९ बैशाख ५ सोमबार १३:२०:०० मा प्रकाशित

काठमाडौं । सरकारले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गरेको छ । सरकारको विदेशी मुद्रा सञ्चिति घट्दै गएको भन्दै मन्त्रिपरिषद् बैठकले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको हो ।

अर्थ मन्त्रालयले सूचना जारी गरी इन्धन शीर्षकमा विभिन्न मन्त्रालय, निकाय तथा सरकारसँग सम्बद्ध सार्वजनिक संघ–संस्थाले बाँकी बजेटको २० प्रतिशत खर्च कटौती गर्नुपर्ने जनाएको छ ।

यसमा अत्यावश्यक सवारी साधन, स्थानीय निर्वाचनमा खटिने साधन र शान्ति सुरक्षामा खटिने सवारी साधनको हकमा लागू नहुने मन्त्रालयले जनाएको छ । सरकारले यो निर्णय असार मसान्तसम्म लागू गर्नेछ ।

ताजा खबर