डीआइजी अर्याल एआइजीमा बढुवा सिफारिस

२०७९ बैशाख ४ आइतबार २२:५०:०० मा प्रकाशित

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि डीआइजी राजु अर्यालको नाम सिफारिस गरेको छ । आइतबार बसेको बढुवा समितिको बैठकले डिआइजी अर्यालको बढुवा सिफारिस गरेको हो ।

गत चैत ३० गते मात्र पुष्पराम केसी महानिरीक्षक (आइजिपी) भएका थिए। केसी २०७९ वैशाख १८ सम्म नेतृत्वमा रहनेछन् । अर्याल अतिरिक्त महानिरीक्षक भएसँगै महानिरीक्षक हुने बाटो खुलेको छ। सशस्त्र प्रहरी नियमावलीअनुसार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकलाई महानिरीक्षकमा बढुवा गर्नसक्ने प्रावधान छ । अर्याल २०५४ नेपाल प्रहरीका प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।

ताजा खबर