राष्ट्रपतिबाट चलचित्र पुरस्कार प्रदान

२०७९ बैशाख ४ आइतबार २२:२३:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न कलाकार र स्रष्टाहरूलाई राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान प्रदान गरेकी छन् । राष्ट्रपति भण्डारीले चलचित्र विकास बोर्डले आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको समारोहमा ती पुरस्कार र सम्मान वितरण गरेकी हुन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले चलचित्र क्षेत्रका माध्यमबाट राष्ट्रको योगदान दिने व्यक्तिहरूलाई सम्मान गर्नु सबैको दायित्व भएको बताउँदै यस क्षेत्रको विकास र समृद्धिका लागि बोर्डबाट भएका कामको प्रशंसा गरिन् । विसं २०७६/२०७७ को दीर्घ साधना सम्मानबाट क्रमशः अभिनेत्री भुवन थापा र सङ्गीतकार शम्भुजित बाँस्कोटा सम्मानित भए ।

उनीहरूलाई नगद तीन लाख ५१ हजार रुपैयाँ प्रदान गरिएको थियो । परस्कृततर्फ उत्कृष्ट छायाङ्कन विधामा ‘छ माया छपक्कै’ बाट हरि हुमागाईं, ‘कबड्डी कबड्डी कबड्डी’ बाट सम्पादन विधामा निमेष श्रेष्ठ र सुरेन्द्र पौडेलले अवार्ड पाए । आदिवासी जनजातितर्फ भोजबहादुर गुरुङ निर्देशित ‘पचे गोरे’ लाई पुरस्कृत गरियो ।

प्रोत्साहन पुरस्कार जुरीतर्फ ‘जीवन काँडा कि फूल’बाट अवस्था शर्मा र नवप्रवेशीतर्फ ‘रातो टीका निधारमा’ अभिनेता अङ्कित शर्मालाई प्राप्त भएको थियो । विसं २०७६ मा विशेष चलचित्र पुरस्कार आमा, गुरुङ भाषाको मि न्होर्बै ट र नालापानीले तथा २०७७ सालको विशेष फिल्म ‘सरिता’ बनेको बोर्डका अध्यक्ष दयाराम दाहालले जनाए ।

ताजा खबर