गहना पोखरीमा यसरी मनाइयो 'गहना खोज्ने जात्रा'

२०७९ बैशाख ४ आइतबार २१:१७:०० मा प्रकाशित

काठमाडौँ । काठमाडौंको हाँडीगाउँस्थित गहना पोखरीमा हरेक वर्ष मनाइने 'गहना खोज्ने जात्रा' यस वर्ष पनि धुमधाम साथ मनाइएको छ। ऐतिहासिक महत्त्वको यस जात्रा नेवार समुदायमा लोकप्रिय छ ।

यस जात्रामा स्थानीय नेवार समुदायका युवाहरूले काँधमा टुँडालदेवीको पालकी बोकेर हराएका गरगहना खोज्ने गर्छन् । किरातकालदेखि नै चल्दैआएको मानिने यस जात्रामा हजारौं युवाको भीड लाग्ने गर्छ ।

वैष्णवीदेवी पनि भनिने टुँडालदेवीलाई युवाहरूले पोखरीमा तीन पटक घुमाउँछन् । यस जात्रासँग जोडिएका किंवदन्ती अनुसार टुँडालदेवीका गहना खोज्न रथलाई पोखरीमा लैजाने चलन छ ।

तस्बिरः रत्न श्रेष्ठ, रासस

ताजा खबर