पर्यटन बोर्डद्वारा 'बीबीसी मास्टर सेफ' सम्मानित

२०७९ बैशाख ४ आइतबार १६:१८:०० मा प्रकाशित

काठमाडौं । नेपाल पर्यटन बोर्डले 'बीबीसी मास्टर सेफ द प्रोफेसनल २०२०’ का फाईनालिस्टहरुलाई सम्मान गरेको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मास्टर सेफ सन्तोष साहका साथै सेफ एलेक्स वेव, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेज लगायतको टोलीलाई बोर्डले सम्मान गरेको हो ।

बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी, बोर्ड सदस्य ङिमा नुवा शेर्पा, मिलन देवकोटा, वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, निर्देशक मणिराज लामिछाने लगायतले सेफ टीमलाई सम्मान गरेका हुन् । कार्यक्रममा रेग्मीले सन्तोष शाहले नेपाली पकवान (परिकार) लाई विश्वसामु परिचित गराएर नेपालको पर्यटनमा नयाँ आयाम थपेको बताए ।

उनले यस कार्यले नेपाली परिकारहरु विश्वमा चिनिने र थप रोजगारीका साथै पर्यटन व्यवसायलाई पनि सफल बनाउन सहयोग गर्ने बताए । सम्मानित व्यक्तित्व सेफ सन्तोष साहले नेपाली खानालाई विश्व मञ्चमा पुर्याउन पाउँदा आफूलाई गर्व लागेको बताए ।

ताजा खबर