थप १२ जनामा कोभिड संक्रमण, ३६ जना संक्रमणमुक्त

२०७९ बैशाख ४ आइतबार १६:१०:०० मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४८९ वटा नमुना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अवधिमा ३६ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३७५ रहेको मन्त्रालयले जनाएको छ ।


 

ताजा खबर