राष्ट्रसंघ प्रमुखद्वारा नयाँ आईएमएफ ट्रष्ट गठनको स्वागत

२०७९ बैशाख ४ आइतबार १४:१०:०० मा प्रकाशित

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले लचिलोपन र दिगोपन कोष (आरएसटी) गठन गरेकामा स्वागत गरेका छन् । महासचिव गुटेरेसले आइएफ प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभा र कार्यकारी बोर्डलाई मे १ देखि लागू हुने नयाँ राएसटी अनुमोदन गरेकामा बधाइ दिएका हुन् ।

'आरएसटीले विकासोन्मुख देशहरू र कमजोर मध्यम आय भएका देशहरूलाई जलवायु परिवर्तन र लामो समयसम्म चल्ने कोभिड–१९ महामारी जस्ता समस्याहरूलाई सम्बोधन गर्न मद्दत गर्नेछ । साथै भविष्यमा देखापर्न सक्ने यस्ता समस्याहरूसँग जुध्न सहयोग गर्नेछ,' विज्ञप्तिमा भनिएको छ ।

उनले भनेका छन्, 'हामीले वर्तमान त्रि–आयामिक सङ्कटलाई मात्रै सम्बोधन गर्ने होइन तर दिगो विकास लक्ष्यहरूलाई बचाउने आशा कायम राख्ने हो भने दीर्घकालीन परिप्रेक्ष्यको आवश्यकता छ ।'
 

ताजा खबर