प्रो-क्लब च्याम्पियनसीप क्रिकेटको उपाधि रुपन्देही-११ लाई

२०७९ बैशाख ३ शनिबार २२:४१:०० मा प्रकाशित

बुटवल । रुपन्देहीको भैरहवामा सम्पन्न प्रो-क्लब च्याम्पियनसीप क्रिकेटको उपाधि घरेलु टिम रुपन्देही ११ ले हात पारेको छ। शनिबार सम्पन्न फाइनलमा मलेसिया ११ लाई सात विकेटले पराजित गर्दै रुपन्देही ११ ले उपाधि हात पारेको हो।

विश्व क्रिकेटका महारथी अष्ट्रेलियन क्रिकेटर शेन वार्नको स्मरणमा प्रतियोगिता आयोजना गरिएको रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले जानकारी दिए।

प्रतियोगितामा विजेता टिम रुपन्देही-११ ले नगद दुई लाख ५० हजार रुपैयाँ, कप, प्रमाणपत्र पाएको छ। उपविजेता मलेसिया ११ ले नगद एक लाख कप र प्रमाणपत्र प्राप्त गरेको छ।


 

ताजा खबर