रुस-युक्रेन युद्धका क्रममा २५ सय युक्रेनी सैनिकको मृत्यु

२०७९ बैशाख ३ शनिबार २१:१३:०० मा प्रकाशित

रुस र युक्रेनका बीचमा अहिले भइरहेको द्वन्द्वका क्रममा अहिलेसम्म २५ सयभन्दा बढी युक्रेनी सैनिकको मृत्यु भएको दावी गरिएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेसम्म २५ सय देखि तीन हजारसम्म युक्रेनी सैनिकको मृत्यु भएको दावी बताएका हुन् ।

सिएनएनसँगको कुराकानीका क्रममा उनले दिएको जानकारी अनुसार अरु १० हजार भन्दा बढी युक्रेनी राष्ट्र सेवक घाइते भएका छन् । घाइते मध्ये कतिपयको अवस्था गम्भीर रहेको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको पनि उनले बताए ।

मृतक तथा घाइतेहरूलाई देशको रक्षाका लागि गरेको योगदानको प्रशंसा गर्दै उहाँले सिंगो युक्रेन आफ्नो रक्षाका लागि प्रतिबद्ध रहेको उल्लेख गरे ।

झण्डै दुई महिना अगाडि रुसले युक्रेनमाथि आक्रमण गरेकोमा विश्वभरबाट विरोध भइरहेको छ । सुरुमा केही चरण दुई पक्षका बीचमा वार्ता भएपनि सहमति हुन नसकेपछि अहिले वार्ता पनि हुन छाडेको छ । अन्तर्राष्ट्रिय समुदायले भने तत्काल वार्ता मार्फत आपसी विवाद समाधान गरी युद्ध अन्त्य गर्न आग्रह गर्दै आएका छन् ।

ताजा खबर