नव वर्षमा बेगनास ताल घुम्न आउने पर्यटकको स्वागत

२०७४ पौष १७ सोमबार १६:२०:०० मा प्रकाशित

पोखरा, १७ पाैष । अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरा लेखनाथ महानगरपालिका–३१ स्थित बेगनास ताल घुम्न आउने पर्यटकलाई स्वागत गरिएको छ । बेगनास युवा क्लबले बेगनास ताल घुम्न आउने छजना विदेशी पर्यटकलाई आज स्वागत गरेको हो । वडा नं ३१ का वडाध्यक्ष कमलबहादुर थापाले पर्यटकलाई माला, खादा तथा अबिर लगाएर स्वागत गर्दै बेगनास क्षेत्रको पर्यटन प्रवद्र्धनमा क्लबले सराहनीय काम गरेको बताए ।  क्लबका अध्यक्ष रामबहादुर रानाभाटको अध्यक्षतामा कार्यक्रम भएको थियो । 
यसैबीच क्लबले प्रतिनिधिसभा कास्की जिल्ला निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद खगराज अधिकारी र प्रदेश क्षेत्र नं १ (क) नम्बरका सांसद दीपक कोइरालाई बधाई एवं स्वागत गरेको छ । त्यस अवसरमा सांसदद्वय अधिकारी र कोइरालाले बेगनास क्षेत्रको विकासका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस

ताजा खबर