काठमाडौं उपत्यकाका सडकबाट ५५ बालबालिकाको उद्धार

२०७९ बैशाख २ शुक्रबार २०:४३:०० मा प्रकाशित

काठमाडौं । प्रहरीले विभिन्न निकायसँगको समन्वयमा शुक्रबार काठमाडौँको सडकपेटीबाट ५५ बालबालिकाको उद्धार गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद, बालबालिका खोजतलास समन्वय केन्द्र र महानगरीय प्रहरी परिसर, नगर प्रहरी कार्यालय काठमाडौँ तथा प्रहरी वृत्तबाट खटिएको टोलीले उनीहरुलाई उद्धार गरेको हो ।

उद्धार गरिएकामा राजधानीको सडकका यात्रुलाई माग्दै हैरानी दिइ आवागमनमा बाधा अवरोध पुर्याउने कार्यमा संलग्न रहेका ३३ बालक र २२ बालिका रहेका छन् । उनीहरुलाई बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपमा बुझाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

ताजा खबर