चोलेन्द्रबिरुद्धको महाभियोग प्रस्तावसँग सम्बन्धी कागजात पेस गर्न सर्वोच्चको आदेश

२०७९ बैशाख २ शुक्रबार १७:०९:०० मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाभियोग सम्बन्धी कागजात पेस गर्न आदेश गरेको छ । शुक्रबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसहितको पाँच न्यायाधीशको संवैधानिक इजलासले महाभियोग सम्बन्धी कागजात पेस गर्न आदेश दिएको हो ।

संवैधानिक इजलासमा कार्कीसहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र तेजबहादुर केसी छन् । फागुन १ गते प्रधानन्यायाधीश राणाविरुद्ध सत्तारुढ दलका ९८ सांसदहरुले महाभियोग दर्ता गरेका थिए ।

उक्त महाभियोग असंवैधानिक भएकाले राणालाई काममा फर्काउनुपर्ने माग गर्दै अधिवक्ता पुन्यप्रसाद खतिवडासमेतले महाभियोगविरुद्ध रिट दायर गरेका थिए ।

ताजा खबर