पोखरामा एमालेबाट मेयरका लागि १२ जनाको नाम सिफारिस

२०७९ बैशाख २ शुक्रबार १६:०७:०० मा प्रकाशित

पोखरा । नेकपा एमाले पोखरा महानगरमा मेयरको उम्मेदवार छनोटका लागि सुरु गरेको निर्वाचन प्रक्रिया स्थगित गरी आकांक्षी सबैको नाम सिफारिस गर्ने निर्णय गरेको छ  ।  निर्वाचन प्रक्रिया स्थगित आकांक्षी सबैको नाम सिफारिस गर्ने निर्णय कमिटीले गरेको हो ।

मेयरमा १२ र उपमेयरमा ११ जनाले पार्टीमा आन्तरिक निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका थिए । शुक्रबार निर्वाचनका लागि तालिका सार्वजनिक भई प्रक्रिया अघि बढेको थियो । जिल्ला पार्टी कार्यालयमा सुरु भएको प्रक्रिया स्थगित गरी सबैको नाम सिफारिस गर्ने सहमति जुटेको नेकपा एमाले पोखरा नगर कमिटी सचिव जीवन आचार्यले जानकारी दिएका छन् ।

मेयरको उम्मेदवार बन्न पार्टीको नगर कमिटीले आकांक्षीबीच निर्वाचन प्रक्रिया सुरु गर्दा १२ जना आकांक्षीले उम्मेदवारी दर्ता गराएका थिए । उपमेयरमा ९ जना उम्मेदवार थिए । मेयरका लागि केन्द्रीय सदस्यहरु भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी र मीनाकुमारी गुरुङ, प्रदेश उपसचिव रश्मि आचार्य, प्राडा विश्वकल्याण पराजुली, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, नेताहरु पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारी आकांक्षी छन् ।

त्यस्तै उपमेयरमा पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, देवका पहारी, जीवनप्रसाद आचार्य, बिनुकुमारी गुरुङ, बलराम गायक र सुष्मा पौडेल आकांक्षी छन् । 


 

ताजा खबर