बाइडेनले युक्रेन भ्रमण नगर्ने

२०७९ बैशाख २ शुक्रबार १२:२०:०० मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन भ्रमण नगर्ने ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले बताएका छन् । अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार राष्ट्रपति बाइडेन प्रशासनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट्न एक उच्चस्तरीय अधिकारीलाई कीभ पठाउने विचार गरिरहेको छ ।

उच्चस्तरीय टोलीमा उपराष्ट्रपति कमला ह्यारिस, विदेशमन्त्री एन्टोनी ब्लिन्केन वा रक्षामन्त्री लोयड अस्टिन सहभागी हुन सक्ने बताइएको छ। थुप्रै विदेशी नेता र उच्च अधिकारीहरूले हालै युक्रेन भ्रमण गरिरहेका छन् र रुसी सैन्य कारबाहीको विरुद्धमा युक्रेनको पक्षमा समर्थन व्यक्त गरेका छन् ।


 

ताजा खबर