७४ आरोही समूहलाई हिमाल आरोहणको अनुमति

२०७८ चैत ३० बुधबार २२:१८:०० मा प्रकाशित

काठमाडौं । सन् २०२२ को वसन्त यामको सगरमाथासहितका हिमाल तथा विभिन्न पिक आरोहणका लागि ७४ आरोही समूहले आरोहण अनुमति पाएका छन् । पर्यटन विभागका अनुसार १२ अप्रिलसम्म ७४ आरोहण दलका ६०७ आरोहीलाई अनुमति जारी भएको छ ।

सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न १९ हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही अनुमति लिएर गन्तव्यतिर निस्किएका हुन् । सगरमाथा (८८४८.८६ मिटर) आरोहणका लागि मात्रै २८ समूहका ५० आरोहीले अनुमति लिएका छन् । त्यस्तै, अमादब्लम (६८१४ मिटर) र कञ्चनजङ्घा (८५८६ मिटर) आरोहणका लागि समाज ६ समूहले अनुमति लिएको छ । अन्नपूर्ण (८०९१ मिटर) र नुप्सेका लागि समान चार समूहले अनुमति पाएको छ ।

मकालु (८,४६३ मिटर) आरोहणका लागि दुई, धौलागिरी (८१६७ मिटर) आरोहणका लागि दुई, ल्होत्से (८५१६ मिटर) मा एक, आरोही समूहले आरोहण अनुमति लिएका छन् ।

त्यसैगरी मिलुङ्ग चुलीका लागि दुई, भेम्दोङ्ग, गङ्गापूर्ण र थापा पिकका लागि समान एक समूहले आरोहण अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ती हिमाल तथा पिक आरोहणबाट ३३ करोड बढी रोयल्टी जम्मा भएको पनि विभागले जनाएको छ ।

ताजा खबर