हतियारधारी समूहको आक्रमणमा नाइजेरियमा २३ जनाको मृत्यु

२०७८ चैत ३० बुधबार १३:५३:०० मा प्रकाशित

मध्य नाइजेरियाली प्रान्त बन्यूमा हतियारधारीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २३ जनाको ज्यान गएको छ । उक्त प्रान्तको तारका नामक नगरमा हतियारधारीहरुले हमला गरेका थिए ।

हमलामा परेर ती नागरिकको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । अज्ञात हतियारधारीहरुले यस नगरका दुई फरक फरक समुदायका नागरिकमा हमला गरेका थिए । बेन्यू प्रान्तका प्रहरी प्रवक्ताले आक्रमणले यहाँका दुई फरक समुदायलाई तारो बनाएको बताएका छन् । त्यस क्रममा भएका आक्रमणमा परेर यहाँका स्थानीय गाउँलेको ज्यान गएको थियो ।

सोमबार राति भएको आक्रमणको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । उक्त राज्यमा विगत लामो समयदेखि विभिन्न जातिका बीचमा हत्याको शृंखला नै चल्ने गरेको छ । एकले अर्काे जातिका मानिसमाथि यसरी सांघातिक हमला गर्ने र मानिसको ज्यान नै लिने गरेका छन् ।

ताजा खबर