वैशाख ४ गतेसम्म चुनावी तालमेलको रिपोर्ट पठाउने म्याद थप गर्ने गठबन्धनको निर्णय

२०७८ चैत २९ मंगलबार २०:०३:०० मा प्रकाशित

काठमाडौं । सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनका लागि तालमेलको रिपोर्ट पठाउने म्याद वैशाख ४ सम्म थप गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख ४ गतेसम्म स्थानीय तहको वस्तुस्थिति पठाउन समय थप गर्ने निर्णय गरेको हो ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले वैशाख ४ गतेभित्र गठबन्धन र उमेदवारको टुंगो लगाउन स्थानीय तहलाई निर्देशन दिने बैठकले निर्णय गरेको जानकारी दिए ।

बैठकले चुनावी तालमेलको मोडालिटी बनाउने भनिए पनि मातहत संयन्त्रबाट प्रतिवेदन प्राप्त नभएकाले निर्णयमा पुग्न नसिएको बताइएको छ । स्थानीय तहको वस्तुस्थिति पठाउन यसअघि २ पटक समय थप गरिएको थियो ।

ताजा खबर