मेक्सिकोमा एकै परिवारका आठ जनाको हत्या

२०७८ चैत २९ मंगलबार १३:१६:०० मा प्रकाशित

मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या गरिएको छ । मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जना परिवार सदस्यको हत्या भएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । सोमबार उनीहरुको हत्या भएको थियो । मारिएकामा छ जना महिला र दुई पुरुष छन् ।

अज्ञात व्यक्तिले परिवारका ती सदस्यको हत्या गरेको बताइएको छ । हत्यामा संलग्न भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । अज्ञात व्यक्तिले घरैमा पुगेर उनीहरुको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।

अधिकारीहरुका अनुसार सबै जनालाई गोली हानिएको छ । गोली लागेर सात जनाको घरैमा निधन भएको छ भने एक जनाको भने अस्पतालमा निधन भएको थियो ।

ताजा खबर