एमालेले चिताएको ७ दिनमा सरकारको जरा उखेलेर फालिदिन्छौंः अध्यक्ष ओली

२०७८ चैत २८ सोमबार १७:२४:०० मा प्रकाशित

बझाङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार स्थानीय तह रिक्त पारेर भ्रष्टाचार गर्ने अभियानमा रहेको आरोप लगाएका छन्। बझाङको चैनपुरमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले पनि चुनाव रोक्ने खेल जारी रहेको बताए ।

उनले  भने, देशलाई प्रतिगमनमा लैजान खोजिँदैछ । संसद अधिवेशन अन्त्य गरेर, अध्यादेश ल्याएर चुनाव गराउन खोजेको छ ।’ उनले एमालेले निर्वाचन सही ढंगले निष्पक्ष होस् भन्ने चाहेको बताए ।

उनले भने, ‘म उहाँको लुट मण्डलीलाई चेतावनी दिन्छु । वैशाख ३० गतेको निर्वाचन व्यवस्थित र निर्विघ्न सम्पन्न होस भनेर धेरै कुरा सहेका छौँ । एमालेले चिताएको ७ दिनमा जरा उखेलेर फालिदिन्छौं।’

उनले गठबन्धन सरकारलाई प्रतिगामी संज्ञा दिए । देउवा सरकारले बाढीपीडित बझाङका जनतालाई नहेरेको भन्दै एमालेको सरकारले कुनै विभेद नगर्ने बताए । उनले सरकारमा रहेका दल सम्धी, ज्वाइँ, भतिजो नियुक्ति गर्नमै व्यस्त रहेको आरोप लगाए ।

ताजा खबर