निर्वाचन खर्चकाबारेमा शशांक कोइरालालाई आयोगले सोध्यो स्पष्टीकरण

२०७८ चैत २८ सोमबार १६:५६:०० मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालासँग निर्वाचन खर्चका बारेमा जवाफ माग गरेको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कोइरालालाई जवाफ पेश गर्न ध्यानाकर्षण गराइएको बताए । आयोगले कोइरालासँग सातदिन भित्र जवाफ माग गरेको छ ।

निर्वाचन खर्चसम्बन्धी विवरणमा कोइरालाको अभिव्यक्तिले आयोगको गम्भीर ध्यानाकर्षण भएको पौडेलले बताए । कोइरालाले शनिबार एक कार्यक्रममा नवलपरासी क्षेत्र नम्बर १ मा तीन पटक सांसद उठ्दाको खर्च विवरण सुनाएका थिए ।

उनले पहिलो संविधानसभा निर्वाचनमा ८० हजार, दोस्रोमा ३ करोड र तेस्रो निर्वाचनमा ६ करोड खर्च भएको बताएका थिए । २०७४ सालको प्रतिनिधिसभा चुनावमा निर्वाचन आयोगले उम्मेदवारलाई २५ लाख रुपैयाँ खर्च गर्ने प्रावधान तोकेको थियो ।

ताजा खबर