देशैभर तालमेल गरी आपसी सहकार्य गर्न पाँच दलीय गठबन्धनको अपील

२०७८ चैत २८ सोमबार ११:५७:०० मा प्रकाशित

काठमाडौं । पाँच दलीय सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल गरी आपसी सहकार्य र सहयोग भावनाले अघि बढ्न आह्वान गरेका छन् ।

सोमबार  प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त अपील जारी गरी आपसी सहकार्य र सहयोगको भावनाले अघि बढ्न आह्वान गरेका हुन् ।

अपीलमा भनिएको छ, “देशैभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनावमा जान आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अघि बढ्न पाँच दलका सम्पूर्ण साथीहरुलाई आह्वान गर्दछौँ ।”

ताजा खबर