यूक्रेनी डिनिप्रो विमानस्थलमा रूसी आक्रमण

२०७८ चैत २७ आइतबार २१:२०:०० मा प्रकाशित

यूक्रेनको मध्य शहर डिनिप्रोको विमानस्थलमा भएकोरूसी गोलाबारीले विमानस्थल पूर्णरूपमा ध्वस्त भएको अधिकारीहरुले जनाएका छन् । शहरको सैन्य प्रशासनका प्रमुख भ्यालेन्टिन रेज्निचेन्कोले भने, “डिनिप्रो विमानस्थलमा अर्को आक्रमण भएको छ । केही बाँकी छैन । विमानस्थल आफैं र त्यस वरपरका पूर्वाधारहरू ध्वस्त भएका छन् । रकेटहरू उड्छन् र उड्छन् ।”

अधिकारीहरूले आक्रमणबाट पीडित भएकाहरूबारे जानकारी दिन सूचना सङ्कलन भइरहेको बताएका छन् । आइतबार दिन नदीको किनारमा रहेको डिनिप्रो शहरमा रूसले आक्रमण तीव्र बनाएको रेज्निचेन्कोले बताए । रुसी आक्रमण सुरू भएपश्चात् रुसी सेनाले दश लाख मानिस बसोबास गर्ने औद्योगिक शहरलाई निशाना बनाएको छ तर अहिलेसम्म ठूलो विनाश हुनबाट जोगिएको छ ।

नयाँ स्थानमा आक्रमणको जानकारी यूक्रेनले कीभमा भएको रूसी आक्रमणको सशक्त प्रतिवाद गरेपछि देशको पूर्व र दक्षिणमा क्रेमलिनको नयाँ आक्रमण हुने अनुमान गरिएको समय आएको छ ।

ताजा खबर