शाङ्घाईमा कोभिड सङ्क्रमण कम हुँदै, ११ हजारभन्दा बढी विरामी डिस्चार्ज

२०७८ चैत २७ आइतबार २१:१८:०० मा प्रकाशित

शनिबारसम्ममा शाङ्घाईमा कोभिड–१९ सङ्क्रमित ११ हजारभन्दा बढी मानिसहरू निको भई अस्पतालबाट घर फर्केका छन् । उनीहरूलाई चिकित्सकको प्रत्यक्ष निगरानी आवश्यक नभएको भन्दै शाङ्घाईका विभिन्न अस्पतालबाट घर पठाइएको अधिकारीहरूले जानकारी दिएका छन् ।

उनीहरूले घर मै स्वास्थ्य निगरानी जारी राख्न सक्ने नगरपालिकाको स्वास्थ्य आयोगले बताएको छ । यस शहरमा सङ्क्रमण नियन्त्रणका लागि अत्यधिक व्यक्तिमा सबै न्युक्लिक एसिड परीक्षण गर्ने र यसका अधीनस्थ क्षेत्रहरूको विभिन्न जोखिम ग्रेड अनुसार सम्बन्धित कोभिड–१९ रोकथाम र नियन्त्रण उपायहरू कार्यान्वयन गर्ने बताएको छ । शाङ्घाईले आफ्नो स्क्रिनिङ कार्यलाई सहज बनाउन ‘न्युक्लिक एसिड कोड’ पनि अपडेट गरेको छ ।

यो कोड सञ्जालमा जडान बिना दोहोर्याएर प्रयोग गर्न सकिन्छ र सङ्क्रमण भएको वा नभएको पुष्टिका लागि ‘स्क्रिनसट’ देखाउन सकिन्छ । परिवारका सदस्यहरूले आफ्ना छोराछोरी र वृद्धहरूको सवालमा उक्त कोडको लागि आवेदन दिन सक्छन् । विदेशीहरूले आफ्नो पासपोर्ट प्रयोग गरेर न्युक्लिक एसिड परीक्षणको लागि वेभसाइटमा दर्ता गर्न सक्छन् वा अनलाइन कोडको लागि आवेदन गर्न सक्छन् ।

ताजा खबर