कोलम्बियामा बाढीमा परी १३ जनाको मृत्यु

२०७८ चैत २६ शनिबार १६:०६:०० मा प्रकाशित

कोलम्बियामा बाढीमा परी कम्तीमा १३ जनाको ज्यान गएको छ । बाढीमा परेर कोलम्बियाको उत्तरपश्चिमी क्षेत्रमा १३ जनाको ज्यान गएको र अरु केही हराइरहेका बताइएको छ । त्यहाँ केही दिनदेखि अविरल वर्षा जारी छ ।

वर्षाका कारण बाढी आएको र शुक्रबारसम्ममा १३ जनाको ज्यान गएको प्रकोप नियन्त्रण विभागले जनाएको छ । वर्षा अहिले नै रोकिने अवस्था नदेखिएको भन्दै मौसम विभागले नागरिकहरुलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ ।
 

ताजा खबर