रुसद्वारा युक्रेन युद्धका कमान्डर परिवर्तन

२०७८ चैत २६ शनिबार ११:५३:०० मा प्रकाशित

एक जना पश्चिमा अधिकारीले रुसले युक्रेनको कारबाहीको नेतृत्व हेरफेर गरेको पुष्टि गरेका छन् । नयाँ जनरलसँग सिरिया युद्धको व्यापक अनुभव रहेको बताइएको छ । उनकाअनुसार रुसको दक्षिणी सैन्य जिल्लाका कमान्डर जेनरल अलेकसान्डर डीभोर्निकोभले युक्रेन आक्रमणको नेतृत्व गरेका छन् ।

युक्रेन आक्रमणमा खटिएका विभिन्न इकाईसँग संयोजन सुधार्ने प्रयत्नस्वरूप नयाँ कमान्डर खटाइएको बताइएको छ । यसअघि विभिन्न क्षेत्रमा छुट्टाछुट्टै कमान्डरले युद्ध चलाइरहेको बताइएको छ ।

युद्धको ४४ औँ दिन पुग्दा रुसले उसको युद्धको लक्ष्य प्राप्त गर्न अहिलेसम्मको अवस्था हेर्दा कठिन रहेको, किएभ जस्ता मुख्य शहरमा नियन्त्रण जमाउन नसकेको र अहिले पूर्वको डोनबास क्षेत्रमा केन्द्रित हुनुपरेको छ ।

ती अधिकारीका अनुसार रुसी रणनीतिलाई तुलनात्मक रूपमा सानो सङ्ख्यामा रहेका युक्रेनी इकाईहरूले बुद्धिमानीपूर्वक र आश्चर्यमा पार्ने गरी विफल बनाउँदै आएका छन् । ती अधिकारीका अनुसार सैन्य प्राथमिकतामाथि राजनीतिक दृष्टिकोण हाबी हुन सक्छ र रुसले दोस्रो विश्व युद्धमा विजय प्राप्त गरेको दिन ९ मे अगाडि केही सफलता प्राप्त गर्ने प्रयत्न हुन सक्छ ।

ताजा खबर