अमेरिकामा विद्यालय बाहिर गोली चल्दा एकजनाको मृत्यु, दुई घाइते

२०७८ चैत २६ शनिबार ११:०४:०० मा प्रकाशित

अमेरिकाको न्युयोर्कमा भएको गोली प्रहारको घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ । घटनामा परी अरु दुई जना घाइते समेत भएका सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

न्युयोर्कमा रहेको साउथ ब्रोन्क्स विद्यालय बाहिर स्थानीय समय अनुसार राती १.४५ मा घटना भएको हो । घटनामा परी १६ बर्षिया युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई छातीमा गोली लागेको थियो । त्यसैगरी अरु दुई जनालाई पनि गोली लागेर घाइते भएको न्युयोर्कको प्रहरीले जनाएको छ ।

ताजा खबर