देशका प्रमुख पार्टीहरुलाई मत दिएर देश बर्बाद नपार्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

२०७८ चैत २५ शुक्रबार १८:५७:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई मत दिनु देशलाई बर्बाद बनाउनु भएको बताएका छन् ।

शुक्रवार राप्रपाले काठमाडौंमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आगामी स्थानीय तह निर्वाचनमा देशका प्रमुख पार्टीहरु कांग्रेस, एमाले र माओवादी केन्द्रलाई मत दिनु गल्ती काम हुने बताए । उनले ती पार्टीलाई मत दिनु भनेको देश बिगार्ने काममा आफूपनि सहभागी हुनु भएको उल्लेख गरे ।

प्रमुख पार्टीहरुले पटक–पटक मौका पाउँदा पनि जनताले सम्झनेगरी केही काम गर्न नसकेको भन्दै उनले ति पार्टीहरुलाई मत दिएर देश बर्बाद पार्ने काममा सहभागी नहुन जनतालाई आग्रह गरे । अध्यक्ष लिङ्देनले देश प्रमुख राजनीतिक दलको अघोषित गठबन्धनको शिकार भएको बताए ।

उनले २०४६ सालपछिको देश पूर्ण रुपले बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको उल्लेख गरे । अध्यक्ष लिङ्देनले बैंकमा पैसाको अभाव भएको उल्लेख गर्दै पैसा काला व्यापारीहरु र विगत ३१ वर्षदेखि देशमा शासन गर्ने नेताहरुको घरमा थन्किएको आरोप लगाए।

ताजा खबर