रुसद्वारा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यता त्यागेको घोषणा

२०७८ चैत २५ शुक्रबार १४:५७:०० मा प्रकाशित

रुसले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यता त्यागेको घोषणा गरेको छ । रुसी विदेशमन्त्रालयले विज्ञप्तिमार्फत् परिषदको सदस्यता त्यागेको घोषणा गरेको हो ।

संयुक्त राष्ट्रसंघीय महासभाले बिहीबार एक रिजोलुशनमार्फत् रुसलाई परिषदको सदस्यता निलम्बन गर्ने विषयको प्रक्रिया अघि बढाएको थियो । त्यसैले सो प्रस्ताव पारित हुनु अगावै रुसले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यता त्याग गरेको घोषणा गरेको हो ।

ताजा खबर