मोटरसाइकल दुर्घटनामा कैलालीमा दुई जनाको मृत्यु

२०७८ चैत २५ शुक्रबार ११:३३:०० मा प्रकाशित

सुदूरपश्चिम । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको चौकीडाँडा सडकखण्डमा गएराति भएको मोटरसाइकल दुर्घटनामा घाइते दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनाबाट घाइते भएका से४प ४७३० नम्बरको मोटरसाइकल चालक कञ्चनपुर कृष्णपुर नगरपालिका–५ का ३० वर्षीय लोकेन्द्र पार्की र सुदूरपश्चिम प्रदेश०२–००४प १११ नम्बरको मोटरसाइकल चालक कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकाका ३२ वर्षीय पुरनकुमार मडैको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए ।

दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनाबाट मोटरसाइकलको पछाडि सवार रहेका कृष्णपुर नगरपालिकाका दीपक भट्ट र शुक्लाफाँटा नगरपालिकाका महेश पार्की पनि घाइते भएका छन् । सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको उनीहरुको अवस्था समान्य छ ।

ताजा खबर