साउदी अरब र यूएईले यमनलाई तीन अर्ब ५० करोड अमेरिकी डलर सहयोग गर्ने

२०७८ चैत २५ शुक्रबार ०८:२७:०० मा प्रकाशित

साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) ले द्वन्द्वग्रस्त यमनलाई तीन अर्ब ५० करोड अमेरिकी डलरको सहयोग गर्ने घोषणा गरेका छन् । यमनी राष्ट्रपतिको नेतृत्वमा रहेको परिषद्को गठनपछि यमनको लागि सहयोगको घोषणा गरिएको हो ।

साउदी अरब र यूएईद्वारा संयुक्त रूपमा प्रस्तावित दुई अर्ब डलर र संयुक्त अरब इमिरेट्स यमनको केन्द्रीय बैंकमार्फत् यमनमा आधारभूत सहयोगका लागि दिइने भएको साउदी अरबको राज्य सञ्चालित समाचार संस्थाले बताएको हो ।

यो सहयोग पेट्रोलियम पदार्थजन्य सामान खरीद, विकास परियोजना तथा पहललाई सहयोग गरिनेछ । साउदी अरबले पनि सन् २०२२ मा संयुक्त राष्ट्रसंघको (संयुक्त राष्ट्रसंघ) मानवीय सहयोग कार्यक्रमका लागि तीन करोड डलर दिने घोषणा यस पहिले पनि गरिसकेको छ ।

यसैबीच, साउदी अरबले भर्खरै स्थापना भएको यमनी परिषद्लाई संयुक्त राष्ट्रसंघको तत्वावधानमा हुथिहरूसँग अन्तिम र व्यापक राजनैतिक समाधानमा पुग्न वार्ता सुरु गर्न आग्रह गरेको छ ।

यसपहिले यमनी राष्ट्रपति अब्द–रब्बु मनसुर हाडीले उनकै नेतृत्वमा यमनी परिषद्को स्थापना गर्ने घोषणा गरी आफ्नो शक्ति परिषद्लाई हस्तान्तरण गरिएको बताएका छन् । राष्ट्रपतिको यो कदम संयुक्त राष्ट्रसंघको पहलमा यमनमा जारी द्वन्द्वका लागि भएको वार्तापछि युद्धविरामको घोषणा भएपछि आएको हो ।

परिषद्ले संक्रमणकालमा देशको नेतृत्वको जिम्मेवारी लिई शान्ति प्रक्रियालाई अघि बढाउने छ । सन् २०१४ को अन्त्यदेखि गृहयुद्धमा फसेको यमनमा इरान निकट मानिने हुथी विद्रोहीका लडाकूले विभिन्न उत्तरी प्रान्तहरूको नियन्त्रण गरी राष्ट्रसंघ, साउदी अरबलगायत अन्य बहुसङ्ख्यक अरब मुलुकको समर्थन रहेको संयुक्त सरकारलाई राजधानी साना छोड्न बाध्य पारेको थियो ।

त्यसपछि साउदी नेतृत्वको अरब गठबन्धनले मार्च २६, २०१५ देखि यमनी सरकारलाई सहयोग गर्न हुथी विद्रोहीविरूद्ध हस्तक्षेप गरेको थियो ।

ताजा खबर